शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
काठमाडौं, वैशाख १६ :

पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ ।    विभागका शाखा अधिकृत प्रकाश पोखरेलले आज सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।

विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९(ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअन्तर्गत पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइँमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था रहेको बताएको छ ।

शाखा अधिकृत पोखरेलले पर्वतारोहणसम्बन्धी नियामावलीको कानुनी व्यवस्थाका प्रावधान बमोजिम कार्य गर्न गराउन अनुरोध गरेका छन् । पर्यटन विभागले कोही कसैबाट कानुनी व्यवस्था विपरीतकार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार