काठमाडौं, वैशाख २३ :

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। डा. शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छैन । डा. शर्माले समेत राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ।

सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न ल्याएको अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारी पदमुक्त भइसकेका छन्। सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार, आफूले राजीनामा दिएको डा. शर्माले बताए।