शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार अर्थतन्त्र

अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न नगराउन अनुरोध

इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रह
सक्रिय न्युज · बिहीबार, २४ वैशाख, २०८३ मा प्रकाशित
अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न नगराउन अनुरोध
काठमाडौं, वैशाख २४ :

इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न नगराउन अनुरोध गरेको छ ।

त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ ।

सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेका वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी सूचना राजदूतावासमा उपलब्ध गराउन समय समयमा सूचना प्रकाशित गर्दै आएको छ ।’

नेपाल सरकार (मन्त्रिपरिषद्) ले गत चैत १३ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीको बुँदा नं ४५ मा एकीकृत ‘डिजिटल’ सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, जोखिममा आधारित संकेत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने उल्लेख भएको दूतावासको उल्लेख गरेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार