बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसले माग्यो जवाफ

लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने कुरामा ध्यान दिन आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसले माग्यो जवाफ
काठमाडौं, वैशाख २९ :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले उक्त विषय उठाउँदै प्रधानमन्त्रीको स्पष्टीकरण माग गरेकी हुन्। उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिनु लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने घटना भएको टिप्पणी गरिन्।

‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु केवल सामान्य दृश्य होइन,’ थापाले भनिन्।

थापाले संविधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता कायम हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताइन्। उनले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकार सचेत हुनुपर्ने उल्लेख गर्दै लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने कुरामा ध्यान दिन आग्रह गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार