शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित, एमालेको बहिष्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित, एमालेको बहिष्कार
काठमाडौं, वैशाख ३१ :

राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने/नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार