शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

महाधिवेशनको कार्यतालिका बनाउन राप्रपाद्वारा समिति गठन

जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ जेठ, २०८३ मा प्रकाशित
महाधिवेशनको कार्यतालिका बनाउन राप्रपाद्वारा समिति गठन
काठमाडौं, जेठ १ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

समितिलाई आगामी कार्यसमितिको बैठकमा पेस गर्नेगरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको उनले बताए । यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए । 

बैठकमा सातै वटा प्रदेशको समिक्षा बैठकबाट आएका सुझावहरु सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उनले जानकारी दिए । उनले राप्रपा महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार