शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमालेले पहिलोपटक पूर्वराष्ट्रपति भण्डारीलाई बनायो प्रमुख अतिथि

ओली भन्छन्- घाउहरू पुराना भए पनि तिनको दुखाइ झन् गाढा हुँदा रहेछन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
एमालेले पहिलोपटक पूर्वराष्ट्रपति भण्डारीलाई बनायो प्रमुख अतिथि
काठमाडौं, जेठ ३ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको छ। 

३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार आफ्नो पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएको हो।  पार्टी सदस्यता रोक्ने निर्णय गरेयता उनी खासै एमालेको कार्यक्रममा उपस्थित देखिँदैन थिइन् ।

त्यसो त बिरामी भएर घरमै आराम गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्  ।

मदन–आश्रितको सम्झनामा आज सामाजिक सञ्चालमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले उहाँहरूलाई आफ्ना नेता, साथी र सहयोद्धाका रूपमा चित्रण गरेका छन् । उनले घाउहरू पुराना भए पनि तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भनेका छन् ।

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षत्रय रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत पदाधिकारी सहभागी भए। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार