शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

राज्यका तीन अङ्गबीच उचित समन्वय हुन सकेन : महासचिव पोखरेल

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
राज्यका तीन अङ्गबीच उचित समन्वय हुन सकेन : महासचिव पोखरेल
फाइल तस्बिर ।
काठमाडौं, जेठ ३ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् ।

तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आज यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन नसकेको टिप्पणी गरे।

महासचिव पोखरेलले सूचना प्रविधि र शिक्षामा युवालाई जोड्न आफूहरुले मेहनत गर्ने बताए । उनले जनताका बीचमा प्रतिस्पर्धाबाट श्रेष्ठता र शान्तिपूर्ण सङ्घर्षबाट परिवर्तनको अनुभूति दिन सक्नुपर्ने उल्लेख गर्दै गत निर्वाचनको हारबाट पाठ सिकेर फेरि जनमखी नीतिका साथ जनताका बीचमा जाने योजना रहेको बताए ।
  
प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, सूचना प्रविधि विज्ञ ई रमेश पौडेललगायतले युवाभावलाई मनन् गरेर सरकार र राजनीतिक दलले काम गर्न सक्नुपर्नेमा जोड दिए । 

उनीहरुले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजका जगमा युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन सक्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार