
विद्या भण्डारी एमाले हाक्ने तयारीमा
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। एमालेको यो निर्णयले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन बाटो खुलेको छ ।
संसद्भित्रै श्रम संस्कृति पार्टीको प्रदर्शन
प्रतिनिधिसभा बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन् । सो पार्टीका सांसदहरुले प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् ।
संसद्मा प्ले कार्डसहित प्रदर्शन गर्ने थलो होइन
सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संसदमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नअपनाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीले विरोध जनाएपछि सभामुख अर्यालले यस्तो आदेश दिएका हुन् । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टी सांसदहरुले बैठक सुरु हुने बित्तिकै सभामुखको अगाडि गएर प्ले कार्ड देखाएका थिए ।
प्रेमिकाले पुर्याइन प्रेमीलाई जेलमा
सुन्धारा कारागारबाट फरार कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति ठमेलबाट पक्राउ गरेको हो।
फरार कैदीलाई लुकाउन सहयोग गरेको आरोपमा भोजपुर घर भई काठमाडौं बस्ने २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार सपना फरार भएपछि समीरकै असनस्थित कोठामा बसेकी थिइन्। फरार कैदीलाई आश्रय दिएको आरोपमा पक्राउ परेका समीरमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कामु प्रधानन्यायाधीशको आदेशले संसद्मा हलचल
प्रतिनिधिसभाको आजको बैठकमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदन दर्ता प्रकरणलाई लिएर सत्ता र प्रतिपक्षी सांसदबीच तीखो बहस भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुनी अभ्यास र न्यायिक प्रक्रियाभन्दा बाहिर गएर रिट दर्ता गर्न आदेश दिएको भन्दै आपत्ति जनाएका छन् भने नेकपा (एमाले) का सांसदहरूले संसद्मा न्यायिक विषयमा छलफल गरिएको भन्दै नियमापत्ति गरेका छन्।
चालकको लापरवाही,सरकारलाई फाइदै
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त कारबाहीबाट रु आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सन्दीपको कीर्तीमानमा क्रिकेट प्रेमीको खुशी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् ।एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।