काठमाडौं, जेठ ६ :

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ ।

बुधबार बन्दी प्रत्यक्षीकरण रिटमा  सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले २४ घण्टाभित्रमा लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईंमाथिको अनुसन्धानको फायल पेस गर्न पनि आदेश दिएको छ ।

एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका प्रसाईंलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै प्रसाईका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।