शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

वायु प्रदूषण र ट्राफिक चाप बढेको जनाउँदै सरकारद्वारा नयाँ सवारी दर्ता बन्द

इलेक्ट्रिक सार्वजनिक सवारी साधनको पनि नयाँ दर्ता रोकियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ जेठ, २०८३ मा प्रकाशित
वायु प्रदूषण र ट्राफिक चाप बढेको जनाउँदै सरकारद्वारा नयाँ सवारी दर्ता बन्द
काठमाडौं, जेठ ८ :

यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ। विभागले सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न आग्रह गरेको हो।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दो क्रममा छन्। साथै इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्र थप प्रभावित बनेकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ। त्यसो त वायु प्रदूषण नगर्ने इलेक्ट्रिक सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाइएको छ ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखिएमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ।

जारी पत्रमा सार्वजनिक सवारीसाधनसँगै विद्युतीय सार्वजनिक सवारीसाधनको नयाँ दर्तासमेत अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार