शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ जेठ, २०८३ मा प्रकाशित
दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह
काठमाडौं, जेठ ११ :

प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् ।

संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई  मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए।

चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं महत्वपूर्ण विषयका जनशक्ति उत्पादन गरेर छोटो समयमै स्वदेश तथा विदेशमा आफूलाई सुपरिचित गराउन सकेकामा संस्थानको प्रशंसा गर्दै प्रधान सेनापति सिग्देलले आगामी दिनमा समयानुकूल थप गुणस्तारीय फड्को मार्दै अघि बढ्न आग्रह पनि गरे ।

त्यस अवसरमा उनले उक्त संस्थानमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट विद्यार्थी, चिकित्सक एवं कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संस्थानका निर्देशक प्रा डा देवेन्द्रबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थानले हाल सञ्चालन गरिरहेका विभिन्न विषय र कार्यक्रमहरुको अवस्था र आवश्यकताका बारेमा जानकारी गराएका थिए । 

संस्थानका अर्का निर्देशक पुरुषोत्तम खड्का र प्राचार्य प्रा डा रत्ना अधिकारीले संस्थानका प्राज्ञिक एवं प्रशासनिक गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा मोहनराज शर्माले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले मुलुकको स्वास्थ्य क्षेत्रका लागि आवश्यक दक्ष एवं उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताए ।

नोपली सेनाको कल्याणकारी कोषअन्तर्गत २०६७ सालमा स्थापना भएको यस संस्थानले उच्च शिक्षाका माध्यमबाट चिकित्सक, नर्सहरुदेखि विशेषगरी स्वास्थ्य क्षेत्रका जनशक्तिहरु उत्पादन गरिरहेको छ ।

हाल सो संस्थानले स्नातक तहमा पाँच र स्नातकोत्तर तहमा २३ विभिन्न विषय एवं शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  उक्त संस्थानमा सञ्चालित सबै विषय र सङ्कायका गरी करिब एक हजार ४०० विद्यार्थी र २४८ सङ्काय सदस्य रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार