शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै हर्क साम्पाङद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडौं, जेठ १३ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।बुधबार बसेको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

 त्यसअघि बैठक सुरु हुनेबितिकै उनले  सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन माग गरे । नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन नसके नियमावलीको नियम ३१ को १ लागू गरेर आफूलाई सदनबाट निस्कासन गर्न अनुरोध गरे । उनले कि प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराउन कि आफूलाई सदनबाट निष्कासन गर्न माग गरे।

साम्पाङले धारणा राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थितिको मागका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए। सभा सञ्चालनका लागि सभामुखलाई निर्देशन दिने अभ्यास नभएको भन्दै उनले नेपालको संविधान, कानून र ऐन अनुसार आवश्यक निर्णय लिने जिम्मेवारी सभामुखको भएको स्मरण गराए ।

प्रधानमन्त्रीको उपस्थितिको लागि सभामुखले रुलिङ नगरेपछि अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका हुन् । उनले बैठक बहिष्कार गरेपनि श्रम संस्कृतिका अन्य सांसदहरु भने बैठकमै सहभागि छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार