
काठमाडौं, जेठ १५ :
सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको छ । संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको बताए ।
उनले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्कसमेत खारेज गरिएको बताए ।अर्थमन्त्री वाग्लेले मुलुकमा सुशासनको मानक स्थापित गर्ने बताएका छन् । अर्थमन्त्री वाग्लेले पहिलो अर्थमन्त्री सुवर्ण शमशेरलाई सम्झँदै बजेट भाषण सुरू गरेका हुन् ।