काठमाडौं, जेठ १७ :

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा अचानक अस्वस्थ देखिए।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलिरहेको थियो। त्यतिबेला प्रधानमन्त्रीलाई प्रश्न गर्दागर्दै सांसद केसीको आवाजमा कम्पन हुँदै शरीर अस्वभाविक रुपमा हल्लिन थालेको भिडियोमा प्रष्टसँगै देखिन्थ्यो।

सांसद केसी बोल्दाबोल्दै शारीरिक रूपमा असन्तुलित भई हल्लन थालेपछि सभामुख र सांसदहरुको ध्यान केसीतर्फ केन्द्रित भएको थियो ।

उभिएर बोल्न गाह्रो भएपछि सभामुख डोलप्रसाद अर्यालले  सांसद केसीलाई बसेर बोल्न अनुमति दिएका थिए। सांसद केसी अचानक काम्न थालेपछि रास्वपा सभापति रवि लामिछाने लगायत अन्य राजनीतिक दलका नेता तथा सांसदहरूले चासो देखाएका थिए ।

७८ वर्षका केसी प्रतिनिधिसभाका जेष्ठ सदस्य हुन् ।  उमेर, कम्जोरी र गर्मीका कारण पनि यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ। तर अहिले उनको अवस्था सामान्य रहेको छ ।