काठमाडौं, जेठ १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप)की सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा रास्वपाका नेताहरु अहिले देशकै विरुद्ध प्रमाण खोजेर हिँहिरहेको दाबी गरेकी छिन्। मंगलबारको संसद् बैठकमा उनले आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको बताएकी हुन् ।

सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर विषयमा आफ्ना नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नै राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन हुन नसक्ने उनको भनाइ थियो ।

उनले रास्वपाका सांसदहरुलाई यस्तो कार्य नगर्न सुझाव दिइन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको सीमा मिचेको संसद् बैठकमा सुनाएका थिए ।

संसदमा बोलेका कुरालाई प्राविधिक रूपमा सच्याउन सकिएला तर, विश्वव्यापी मिडियामा गइसकेको सन्देश सच्याउन नसकिने उनको भनाइ थियो।