शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

‘मेरो सम्पत्ति विवरण त्यही खरानी हो, उठाएर लगे हुन्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
‘मेरो सम्पत्ति विवरण त्यही खरानी हो, उठाएर लगे हुन्छ’
काठमाडौं, जेठ २० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्। 

बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले आफ्नो सम्पत्ति विवरण माग्ने सरकारलाई जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरलाई देखाउँदै त्यही खरानी लगे हुन्छ भनेका छन् । ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण ?’

उनले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गरेका छन् । विपक्षीलाई फसाउन आयोग गठन गरिएको उनको दाबी छ।   ‘यस्ता आयोगलाई म चाँही सम्पत्ति विवरण भरेर पठाउँदिन। जे जे गर्न सक्छ, गरोस्,’ ओलीले भने। वर्तमान सरकार षड्यन्त्रको उपज भएको र देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको आरोप लगाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार