शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न सक्दैन, पुनर्गठन गर्छौं : उपाध्यक्ष पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न सक्दैन, पुनर्गठन गर्छौं : उपाध्यक्ष पौडेल
काठमाडौं, जेठ २० :

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने भएकाले पुनर्गठन गरिने बताएका छन् । 

नेकपा एमाले संगठन विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेकै रूपमा र यस्तै ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन गरिने बताएका हुन्।

उनले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको उनले बताए । पौडेलले कार्यदलको प्रतिवेदनमागिथ सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनसम्बन्धी आवश्यक निर्णय लिइने उल्लेख गरे ।

त्यस्तै उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताए । उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामुहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए ।

उनले पार्टी सदस्यता प्राप्ती तथा नविकरण केवल एउटा सदस्यता मात्र नभइ राजनीति,बिचार र जिम्मेवारीको प्राप्तीको रुपमा पनि बुझ्नु पर्ने जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार