
काठमाडौं, जेठ २१ :
टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो।
अधिकारीविरुद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ। एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको उनीमाथि आरोप छ। उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको अभियोग लगाइएको छ। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो।