शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

राष्ट्रियसभा बैठक पनि अवरुद्ध, जेठ २८ गते बस्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध, जेठ २८ गते बस्ने
काठमाडौं, जेठ २६ :

नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अबरुद्ध भएको छ ।

मंगलबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक जेठ २८ गते बस्ने गरी स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्रले सीमामा रहेका दुबै देशतर्फका नागरिकले एक–अर्कोदेशमा खेतीपाती गरेको देखिएपनि नेपालले भारतको सीमा भने नमिचेको बताए। 

सीमा विवाद सम्बन्धी अति संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपतिजनक भएको उनले बताए । उनले प्रधानमन्त्री स्वयं सदनमा आएर यस विषयमा स्पष्ट पार्न माग गरे ।

सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए । तर विरोध कायमै रहेपछि उनले जेठ २८ गते बस्नेगरि बैठक स्थगित गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार