बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति
काठमाडौं, असार १८ :

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दामा थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार उक्त म्याद थप गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद थपको माग गर्दै उनलाई अदालतमा पेश गरेको थियो।

पौडेललाई विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। यसअघि अदालतले पहिलो चरणमा ७ दिन र दोस्रो पटक ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार