बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश कोसी प्रदेश

पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

कोसीका सबै जिल्लामा उद्धार टोली २४सैँ घण्टा तयारी अवस्थामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
झापा, असार १९ :

नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् ।

विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपद्लाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी उच्च सतर्कतासहित आवश्यक तयारी गरिएको पूर्वीपृतनापति एवं नेपाली सेनाका उपरथी गौरवकुमार केसीले जानकारी दिए ।

मनसुनजन्य विपदलाई मध्यनजर राख्दै श्री नं १ विपद् व्यवस्थापन गण, काठमाडौँबाट विपद् प्रतिकार्यमा दक्ष जनशक्ति आवश्यक उपकरणसहित इटहरीस्थित पूर्वी पृतनामा तयारी अवस्थामा राखिएको छ । कोशीका सबै जिल्लामा उद्धार टोली २४सैँ घण्टा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उद्धारका लागि डुङ्गा, ‘लाइफ ज्याकेट’, डोरी, ‘स्ट्रेचर’, ‘कटर’, सञ्चार उपकरणलगायत अन्य आवश्यक सामग्री व्यवस्थापन गरिएको छ ।

खोज तथा उद्धारमा दक्ष जनशक्तिको परिचालन तथा विपद् परिस्थितिजन्य तालिम तथा अभ्यास सम्पन्न भइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशनबमोजिम मनुसन प्रतिकार्य कमाण्ड पोष्ट सबै तहमा स्थापना गरी कार्यान्वयन गरिएको उपसथी केसीले जानकारी दिए ।

प्रदेश, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग समन्वय र सूचना आदान–प्रदानको व्यवस्था सुदृढ बनाइएको छ । मौसम पूर्वानुमान तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचनाको निरन्तर निगरानी गरी आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालनको तयारी गरिएको छ । 

प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा अत्यावश्यक सेवामा सहजीकरण गर्न हेलिकप्टर इटहरीस्थित पृतना हेडक्वार्टरमा ‘स्ट्याण्डवाइ’ रुपमा राखिएको सेनाले जनाएको छ ।

विभिन्न किसिमका सवारी दुर्घटना तथा प्राकृतिक प्रकोपका कारण हुनसक्ने ठूलो हताहतीको अवस्थामा इटहरीस्थित सैनिक अस्पतालबाट छिटो र प्रभावकारी ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न सोसम्बन्धी पूर्वाभ्यास सञ्चालन गरिएको थियो । सेनाले नागरिकलाई आधिकारिक सूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार