काठमाडौं, असार २९ :
नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुन्धान जारी रहेकोले हिरासतमा राख्न विभागले अनुमति माग गरेको थियो।
पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतबाट पक्राउ गरिएको थियो। व्यवसायी दीपक भट्टसँग उनको सम्लग्नता देखिएपछि विभागले उनीमाथिको अनुसन्धानलाई गम्भीर रुपमा अघि बढाएको हो । भट्ट अहिले थुनामा छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै