सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

तीनवटा संसदीय समितिको बैठक बस्दै

सक्रिय न्युज · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, साउन ८ :

सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २:३० मा बस्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार