बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश कोसी प्रदेश

कर्फ्यु लगाएपछि तराई-मधेसको सुरक्षा अवस्था सामान्य बन्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
कर्फ्यु लगाएपछि तराई-मधेसको सुरक्षा अवस्था सामान्य बन्दै
धनुषा, साउन १५ :

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि मधेशका केही जिल्ला शान्त देखिएको छ ।

कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ । कर्फ्यु लागेपछि बजार पसल बन्द छन् भने सडकहरु सुनसान देखिएका छन् । सुरक्षालाई मध्यनजर गर्दै सो स्थानमा ठूलो संख्यामा सुरक्षा कर्मी तैनाथ गरिएको छ ।

दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै  कर्फ्यु आदेश जारी भएको हो । धनुषाका प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले जिल्लाको सुरक्षा अवस्था अहिले क्रमशः सामान्य बन्दै गइरहेको भन्दै चारैतिर सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

श्रावण १४ गते बिहानदेखि सडक जाम, बजार बन्द, तोडफोड र आगजनीका घटनाहरू सुरु भएपछि स्थानीय प्रशासन ऐनअनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । उनले सामाजिक सञ्जालमा गलत, भ्रामक र अफवाह फैलाउने सूचनाहरू सम्प्रेषण गरेर समाजलाई थप उत्तेजित वा आन्दोलित नबनाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार