बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

कांग्रेस संस्थापन इतर समूहद्वारा शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
कांग्रेस संस्थापन इतर समूहद्वारा शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन
काठमाडौं, साउन १७ :

नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।

शनिबार सो समूहको सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए ।

हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठन, संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले भेलाको आयोजना गरिएको उनले बताए ।

भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरुमा गहन छलफल हुने नेता कोइरालाले बताए । उनले पार्टी भित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरुबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख गरे ।

साथै उनले लोकतान्त्रिक संविधान माथि प्रहार भइरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरु दिन प्रतिदिन बढिरहेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताए । उनले सुनसरीलगाएतका स्थानमा भएको घटनाका घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरे ।

संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टी भित्रको बलियो एकता सहित राष्ट्रिय राजनीतिक शक्तिहरुबीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ ।  

कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ । भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरु, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरु लगाएत सवैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार