काठमाडौं, साउन १७ :

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि दीपमाला ढकालले जितेकी छिन्। शनिबार द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो ताज पहिरन सफल भइन्।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ समेत बनेकी थिइन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन संस्था ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् । उनी तेक्वान्दोकी खेलाडी, र्‍याम्प मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविका पनि हुन् ।

यसैगरी आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि जितेकी छन् भने काशिश सुब्बाले मिस नेपाल कोस्मो उपाधि जितेकी छन् ।  विजेताहरूले नेपाललाई सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्नेछन्।