शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
राजनीति

विपद् व्यवस्थापनका लागि कांग्रेसद्वारा रणनीतिक परिचालन टोली गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
विपद् व्यवस्थापनका लागि कांग्रेसद्वारा रणनीतिक परिचालन टोली गठन
ललितपुर, साउन १८ :

नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उपसभापति विश्वप्रकाश शर्माले रणनीतिक परिचालन टोली गठनको घोषणा गरेका हुन् । 

टोलीमा प्रशिक्षणमा सहभागी ४० युवा रहेका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्माले यो तीन दिनको अवधिलाई शुरुवात मानेर विपद्‍‍मा परेका मानिसको जीवन बचाउन अबको लामो यात्रा प्रारम्भ भएको मानेर काम गर्न सहभागीहरुलाई आग्रह गरे । नेपाली कांग्रेस पार्टीले देशभर यस्ता एक हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी गराए ।

कांग्रेस समाज र राष्ट्रलाई जिताउन, विपद्मा परेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । प्रशिक्षणमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरेका विज्ञहरुले प्रशिक्षण दिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार