शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार प्रदेश कोसी प्रदेश

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’को सङ्क्रमण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’को सङ्क्रमण
झापा, साउन १८ :

झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको हो ।

दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कन्काई नगरपालिकामा छ, हल्दिबारी गाउँपालिकामा पाँच, झापा गाउँपालिकामा दुई र भद्रपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । बरालका अनुसार स्क्रब टाइफस सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो ।

“यसबाट ज्यानै जाने जोखिम हुन्छ । यो रोग लाग्दा उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने तथा टोकेको स्थानमा कालो दाग देखिन सक्ने लक्षण देखापर्न सक्छन्”, उनले भने । उनले खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने तथा घर वरपरको वातावरण सफा राखी झाडी बढ्न नदिनेलगायत सावधानी अपनाउन सबैमा आग्रह गरे ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार