काठमाडौं, साउन १८ :

सरकारले सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवको मृत्यु घटनाको छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।

समितिमा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल, नेपाल प्रहरीका उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरीका उपरीक्षक नरेश भण्डारी र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक पवन ढुंगाना सदस्य रहेका छन् ।

उक्त समितिलाई ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको छ । गत साउन १४ गते उनको गोली लागेर निधन भएको थियो ।