
काठमाडौं, साउन १९ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।
भोलि अपराह्न १२:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने उनले बताए।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गते काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ।