काठमाडौै, साउन १९ :

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत साउन १० मा दुई समुदायबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रहरीका अनुसार घाइते देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। यसअघि देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन तथा देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भइसकेको थियो।

घटनामा गोली लागेर घाइते भएका अन्य सात जनाको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।