शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार

महिलाका लागि छुट्टै ‘ब्लु बस’सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्न खोजेका होइनौं

सांसदको प्रश्न : महिला र पुरुषलाई छुट्याएर सुरक्षित बनाउने कि सँगसँगै हिँडाएर सहअस्तित्वको सम्मान गर्ने?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
महिलाका लागि छुट्टै ‘ब्लु बस’सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्न खोजेका होइनौं
काठमाडौं, साउन २१ :

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको ‘निःशुल्क ब्लु बस’ सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताइन्।

उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुव्र्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको स्पष्ट पारिन् ।

निःशुल्क ब्लु बस लैंगिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतामा आधारित उपाय भएको उनको भनाइ छ । उनले महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य भएको धारणा राखे।

मन्त्री वादीले ब्लु बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभइ महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र संक्रमणकालीन प्रयास भएको बताइन्।

सार्वजनिक यातायात प्रणालीलाई लैंगिक मैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार