काठमाडौ, साउन २२ :
थाइल्यान्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
गोली चलाउने संदिग्ध व्यक्ति कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थी रहेको बताइएको छ। उनको पनि मृत्यु भएको पाइएको छ।घटनास्थलमा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।
अधिकारीहरूले जनतालाई नोन्थाबुरीस्थित डेबसिरिन विद्यालयको आसपासको क्षेत्रमा नजान आग्रह गरेका छन्।
डेबसिरिन विद्यालयका शाखाहरू थाइल्यान्डका विभिन्न स्थानमा रहेका छन् र यो विद्यालय शैक्षिक प्रतिष्ठाका लागि व्यापक रूपमा परिचित छ।