शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं, साउन २८ :

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अङ्कले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले बढेर १५७ दशमलव ३३  मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ  । आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज  १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैङ्क डिबेञ्चर, ग्लोबल आइएमई बैङ्क डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैङ्कको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार