काठमाडौं, भदौ १६ :
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा अञ्जना सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् । सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिने बताइएको छ ।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो ।
गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति भने हुन सकेको थिएन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान