शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
प्रदेश कोसी प्रदेश

गोली हानेर प्रधानाध्यापकको ह*त्या गरेको घटनामा एकजना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
गोली हानेर प्रधानाध्यापकको ह*त्या गरेको घटनामा एकजना पक्राउ
सङ्खुवासभा, भदौ १९ :

सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको ह*त्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक संकास्पद व्यक्तिाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन ।

प्रधानाध्यापक  राईमाथि बिहीबार राति गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए।

सिलिचोङ गाउँपालिका–५ याफु घर भएका प्रधानाध्यापक राई सोही विद्यालयमा बस्दैआउनु भएको थियो । उनी एक वर्षदेखि करारमा कार्यरत थिए । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार