काठमाडौं, भदौ २५ :

फिलिपिन्समा एउटा फेरीमा आगलागी हुँदा  कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८६ जना अझै सम्पर्क विहीन रहेको फिलिपिन्स कोस्ट गार्डले जनाएको छ।

एमभी जुन एस्टर नामक फेरीमा आगलागी भएको हो। आगलागी पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध कोरोन पालावान प्रान्त नजिकको समुद्री क्षेत्रमा भएको थियो।

कोस्ट गार्डका अनुसार ४३ जनाको उद्धार गरिएको छ।

कोस्ट गार्डकी क्याप्टेन नोएमी कयाबयाबका अनुसार उक्त जहाजमा १३४ जना यात्रु तथा चालक दलका सदस्य सवार थिए।