काठमाडौं,साउन १९: यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा केसीलाई विजेता घोषित गरिएको हो ।


उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।


मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पार्न सफल भएकी छिन् ।