बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

सर्वदलीय बैठकका निर्णय कार्यान्वयनमा सरकार पन्छिन मिल्दैन : सभापति लामिछाने

उनले भने- प्रधानमन्त्री र पार्टी सभापतिको काम बाँडफाँड गरेका छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
सर्वदलीय बैठकका निर्णय कार्यान्वयनमा सरकार पन्छिन मिल्दैन : सभापति लामिछाने
काठमाडौं, भदौ ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सरकार आफ्नो नीति र जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताएका हुन् । 

उनले लोकतान्त्रिक पार्टी भएकाले आफ्नै सरकारका कामकारबाहीबारे नेता तथा सांसदहरूले फरक–फरक शैलीमा धारणा वा आलोचनात्मक विचार आउनु स्वाभाविक भएको धारणा राखे । उनले रसुवा बाढीपछि प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा वडाध्यक्षहरूसम्म प्रत्यक्ष सम्पर्क एवं गहन छलफल गरी संवेदनशीलता देखाएको बताए ।

पार्टीको जिम्मेवारी पार्टी नेतृत्वले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने गरी स्पष्ट कार्यविभाजन गरिएको हुँदा एउटै व्यक्ति सबैतिर उपस्थित हुन खोज्नु आवश्यक नरहेको उनले बताए ।

सभापति लामिछानेले सरकारले सुरुवाती चरणमै खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिएर युद्धस्तरमा काम गरेको दाबी गरे। उनले भौगोलिक जटिलताका बाबजुद राहत वितरण जारी रहेको र अब दीर्घकालीन पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजनासहित फिल्डमा खटिएको उल्लेख गरे । सर्वदलीय बैठकबाट पारित विषयहरूलाई सरकार वा दलहरूले अपनत्व नलिने भन्ने प्रश्नै नउठ्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार