शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सरकारले भोटेकोशी बाढी प्रभावितलाई विद्युत् महसुल र मिटरमा सहुलियत दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
सरकारले भोटेकोशी बाढी प्रभावितलाई विद्युत् महसुल र मिटरमा सहुलियत दिने
काठमाडौं, भदौ ३१ :

भोटेकोशी बाढीबाट प्रभावितलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढीबाट क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायत ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने र भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ समेत नगर्ने निर्णय गरेको छ । विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको मन्त्री श्रेष्ठले बताए ।

बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन क्रममा रहेको छ  ।  ती क्षेत्रका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार