
काठमाडौं, असोज १ :
नापी कार्यालय डिल्लीबजार अन्तर्गत नापी टोली माछापोखरीका प्रमुख डिल्ली बहादुर वली ९ लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालको टोलीले उनलाई वसुन्धाराबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनका लागि सेवाग्राहीसँग ९ लाख घुस लिएका थिए ।
सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिई घुस माग मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनको निगरानी गरेको थियो।
नापी अधिकृत वलीलाई विशेष अदालतमा पेस गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।