काठमाडौं, असोज ४ :

नेकपा एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा तत्काललाई हटेको छ ।  आज बसेको कार्यदल बैठकले नेतृत्व  पुनगर्ठनको विषय स्थगित गरी एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको छ । 

उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले महासचिव शंकर पोखरेलको प्रतिवेदनमा समावेश भएको नेतृत्व पुनर्गठनको विषय हटाएर एउटै प्रतिवेदन बनाएको बताए ।

नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले फरकफरक प्रतिवेदन तयार पारेका थिए । पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताएका थिए । 

उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले पार्टीको नीति र नेतृत्व पुनर्गठनको विषय अनुसूचीमा राख्न सहमत भएका थिए । यो विषय केन्द्रीय कमिटीमा पनि छलफल हुने भएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठक दिउँसो ३ बजेपछि बस्दैछ । बैठकले भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।