काठमाडौं, असोज ४ :

सुत्केरी बिदा ६ महिना पुर्या‍उनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले रोजगारीमा रहेका आमाहरु लाभान्वित हुने बताइएको छ ।

आइतबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको सुरक्षित मातृत्व अधिकार सम्बन्धि छलफल कार्यक्रममा प्रस्तावक सांसद सीता (उर्मिला) थपलियाले यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पु¥याउने उद्देश्यले ल्याइएको बताइन् ।

 संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न आग्रह गर्दे आम नागरिकको स्वास्थ्यसँग जोडिएको प्रस्ताव भएकाले यसलाई सकारात्मक रुपमा लिन पर्नेमा जोड दिए। सांसद थपलियाले कुनै हचुवाको भर नभइ लामो समयदेखि बहस र अनुसन्धान गरी प्रस्ताव ल्याइएको उल्लेख गर्दै अव्यवहारिक पाटाहरुमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

उक्त प्रस्तावका समर्थक सांसद सरस्वती लामाले ६ महिनाको प्रयासपछि प्रस्ताव ससदमा दर्ता भएको जानकारी दिँदै  उक्त प्रस्तावको पक्षमा सबै सांसद रहेको र यसले छिट्टै कानुनको रुप लिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाकी डा. गौरी प्रधानले सुत्केरी विदा ६ महिला पु¥याउनुपर्नेमा जोड दिइन्। उनले विश्व स्वास्थ्य संगठनले पनि सुत्केरी विदा ६ महिना बनाउन सिफारिस गरेको उल्लेख गर्दे आमाको पौष्टिक दुध शिशुले ६ महिनासम्म सेवन गर्दा नसर्ने रोग लाग्नबाट नियन्त्रण हुने पुष्टि भएको बताइन् । डा. प्रधानले सुत्केरीलाई मानसिक रुपमा बलियो बनाउन पुरुषलाई ४२ दिन सुत्केरी स्याहार बिदा जायज भएको तर्क गरे । कार्यक्रममा न्यूनआय भएका महलिाहरुका लागि सुत्केरी भत्ताको व्यवस्था गर्नुपर्नेमा समेत सरोकारवालाहरुले जोड दिएका थिए ।