
काठमाडौं, असोज ५ :
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफैले बनाएको मापदण्ड विपरीत राजदूत सिफारिस गरिएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्ड विपरीत विभिन्न देशमा राजदूत सिफारिस गरिएको भन्दै सरकारको आलोचना गरे ।
सरकार आफैँले बनाएको मापदण्ड र टीओआर आफैँले किन उल्लङ्घन ग¥यो भन्दै उनले प्रश्न गरे। उनले यसलाई सुशासन नभई ‘कुशासन’ को संज्ञा दिँदै यस्तो कदम विदेशी दबाब वा अर्बौँको चलखेलका कारण भएको हुन सक्ने आरोप लगाए । मापदण्डविपरीत गरिएका नियुक्तिहरूबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे ।