राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजले करिब २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापक देखाएर राज्यलाई झुक्याउने गरिएको दाबी गरे। उनले कलेजमा मेडिकल शिक्षाका नाममा भइरहेको भनिएको गैरकानुनी गतिविधि र बेथितिबारे तत्काल छानबिन गर्न माग गरे।
अन्सारीका अनुसार कलेजले नेपाली विद्यार्थीबाट परीक्षा पास गराइदिने भन्दै प्रतिविषय ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म असुल्ने गरेको छ। उनले रकम लिएपछि उत्तरपुस्तिकामा आफैं उत्तर लेखेर पास गराउने गरेको आरोपसमेत लगाए।
कलेजले विद्यार्थीलाई करिब १० दिनदेखि होस्टेलबाट निकाल्नुका साथै कलेज प्रवेशमा समेत रोक लगाएको उनको भनाइ छ। विगतका सत्तासीनहरूको संरक्षणका कारण कलेज सञ्चालकमाथि कारबाही हुन नसकेको आरोप लगाउँदै अन्सारीले तत्काल छानबिन गरी प्रभावित विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्न सरकारसँग माग गरे।
यस्तो बेथिति नरोकिए गलत उपचारका कारण निकट भविष्यमै गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान