शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार राजनीति

एमालेको स्थायी कमिटी बैठक आज बस्दै, वरिष्ठ नेताका रुपमा पूर्व राष्ट्रपति विद्या भण्डारी पनि सहभागी हुने

सक्रिय न्युज · बिहीबार, २२ असोज, २०८३ मा प्रकाशित
एमालेको स्थायी कमिटी बैठक आज बस्दै, वरिष्ठ नेताका रुपमा पूर्व राष्ट्रपति विद्या भण्डारी पनि सहभागी हुने
काठमाडौं, असोज २२ :

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने आजको बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन् ।

पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनयन भएपछि बोलाइएको पहिलो बैठकमा भण्डारी सहभागी हुन लागेकी हुन् ।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्व वरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली,काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे थपिएका छन् ।

बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने बताइएको छ । त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाउने एमालेको तयारी गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार