
साउन २१ :
काठमाडौँ, साउन २० :पर्सामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । यस वर्ष जिल्लामा पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेको उहाले बताउनुभयो ।
केन्द्रका अनुसार पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । हालसम्म ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।