आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।
यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।
यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।
तालिकाको शीर्ष छमा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । ताजा स्थितिमा अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ ।
आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छमा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन् । तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान