शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

सक्रिय न्युज · बुधबार, २८ असोज, २०८३ मा प्रकाशित
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
काठमाडौं, असोज २८ :

बेलका नगरपालिका–१ स्थित धान खेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ ।

‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धान खेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धान खेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । कोशी टप्पु वन्य  जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटाएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उनले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार